News Portal

  • अत्याधिक गर्मीका कारण तराईको जनजीवन कस्टकर बन्यो

    जनादेश संवाददाता२०८१ जेष्ठ ३०
    २६ पटक

    रमा पन्थी/रुपन्देही।अत्याधिक गर्मीका कारण रुपन्देहीको भैरहवाका बिद्यालयहरुले फेरि बिदा थप गरेका छन । अधिकाम्स बिद्यालयले असार २ गते सम्मका लागि बिदा गरेका छ्न ।अत्याधिक गर्मीका कारण धमाधम विद्यार्थीहरु बेहोस हुन थालेका घटनाहरु बहिरिए सङै बिद्यालयहरुले बिदा थप गर्न थालेका हुन । आज भैरहवाको अबस्था हेर्दा दिन भर बाटोमा पैतल यात्री र अटो रिक्सा समेत नगन्य मात्रामा देखिए ।

    बाहिर हेर्दा प्रचण्ड गर्मिका कारण आँखा दुख्ने आँसु बग्ने आँसु बग्ने गरेको कारण तरकारी सङै खाद्यान्न पनि किनमेल गर्न नसकीएकाे स्थानीयको गुनासो छ । मनिसहरु नै ननिस्केका कारण पसलहरु समेत बन्द देखिए ।

    अत्याधिक गर्मीका कारण उता दाङको तुलसीपुरको उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिएका छन।

    विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उनले बताए ।

    अत्यधिक गर्मीका कारण दाङका अन्य विद्यालयमा पनि विद्यार्थीहरु बेहोस भएको खबर प्राप्त भएको
    छ ।