News Portal

  • असफलताले फिल्मको भाग्य परिवर्तन गर्दैन : अक्षय कुमार

    जनादेश संवाददाता२०८१ श्रावण १०
    ३ पटक

    ठूलो बजेटका फिल्म पनि नराम्रोसँग असफल रहे । पछिल्लो फिल्म ‘सरफिरा’ले कमाल देखाउन सकेन । यो फिल्म सूर्याको तमिल फिल्म ‘सूरराई पोत्रु’को हिन्दी रिमेक हो, जुन फिल्मबाट अभिनेताले राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।कुनै समय बक्स अफिसमा अक्षय कुमारको दबदबा थियो । एक वर्षमा तीन-चार फिल्म गर्थे । ती सबै फिल्म हिट हुन्थे । पछिल्ला चार-पाँच वर्षमा उनका फिल्म लगातार फ्लप छन् ।

    तर १०० करोड भारुको बजेटमा बनेको यो फिल्मबाट अक्षय कुमारले १२ दिनमा ३० करोड भारु पनि कमाउन सकेनन् । यतिबेला अक्षयले यो असफलताबारे मिडियामा प्रतिक्रिया दिएका छन् ।

    फोर्ब्स इण्डियालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हरेक फिल्मको पछाडि धेरै रगत, पसिना र जोश हुन्छ । कुनै पनि फिल्म असफल भएको देख्दा मन दुख्छ । तर तपाईंले सकारात्मक पक्ष हेर्न सिक्नुपर्छ । हरेक असफलताले तपाईंलाई सफलताको अर्थ सिकाउँछ र यसको लागि तपाईंको भोकलाई अझ बढाउँछ । सौभाग्यवश, मैले मेरो करिअरमा पहिले नै यसको सामना गर्न गर्न सिकें । नि:सन्देह, यसले तपाईंलाई दुख्छ र असर गर्छ, तर यसले फिल्मको भाग्य परिवर्तन गर्दैन ।’