News Portal

  • फलफूलहरुकाे राजा आँप खाँदाका फाइदै फाइदाहरु

    जनादेश संवाददाता२०८१ श्रावण ३
    २ पटक

    फलफूलहरु मध्ये आँपलाई राजा फलका रुपमा लिइन्छ । अहिले गर्मीको मौसम, आँप पाइने सिजन हो । अहिले बजारमा आँपले राम्रो स्थान पाएको देख्न सकिन्छ ।आँपमा क्यालोरी, फाइबर, भिटामिन ए, सी, भिटामिन बी सिक्स, पोटासियमलगायत तत्व पाइन्छ।

    आँपका फाइदाहरु

    – आँपमा हुने एन्टिएक्सिडेन्ट तत्वले क्यान्सर रोगको जोखिम कम गर्छ।
    – यसमा पाइने भिटामिन ए ले आँखा तेजिलो बनाउन मद्दत गर्छ।
    – आँपमा उल्लेख्य मात्रामा फाइबर हुने भएकोले पाचन शक्ति राम्रो बनाउनुको साथै पेट सफा राख्न सहयोग गर्छ।
    – आँपले रोग प्रतिरोधात्मक क्षमताको पनि वृद्धि गर्छ।
    – आँपले यौन तथा प्रजनन् क्षमता विस्तारमा पनि सघाउँछ।
    – भिटामिन र खनिज पाइने हुनाले आँपले छालामा चमक ल्याउनुको साथै कपाल झर्नबाट पनि रोक्छ।
    – आँपको नियमित सेवनले मुटुको समस्या कम गर्न सघाउँछ।