News Portal

  • आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती पक्राउ :८ अर्ब हिनामिना आरोप

    जनादेश संवाददाता२०८१ असार २०
    ११ पटक

    १९ असार,रूपन्देही । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

    बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।