News Portal

  • आत्मरक्षा तालिमले बढाउँदै किशोरीहरुको आत्मबल

    जनादेश संवाददाता२०८१ जेष्ठ ३०
    ३३ पटक

    रमा पन्थी । भैरहवा । सिद्धार्थनगर नगरपालिकाले सुरु गरेको आत्मरक्षा तालीमपछि भैरहवाको भानु माध्यमिक  विद्यालयमा अध्ययनरत महिमा चौधरी (परिवर्तीत नाम) लाई  निकै हिम्मत बढेको छ । विद्यालय जाँदा होस् या अन्यत्र स्थानमा जाँदा कसैले जिस्काउने र दुव्र्यवहार गर्न खोजे सजिलै प्रतिकार गर्ने आत्मबल तालीमले पैदा गरेको छ । ‘कोही केटाहरुले जिस्काए भने पनि केही बोल्न सक्दिनथे, रुन मन लाग्थ्यो  तर अहिले फर्केर जवाफ दिन्छु त्यसैले कसैले जिस्काउने आँट पनि गर्दैनन्’, उहाँले भन्नुभयो । आत्मरक्षा तालीमले महिमा जस्ता कैयौ किशोरीको मनोबल बढाएको छ । लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा रहेको सिद्धार्थनगर नगरपालिकाले सम्पुर्ण सरकारी विद्यालयका  छात्रा हरुका लागि आत्मरक्षा सम्बन्धी तालिम दिइरहेकोे छ । पछिल्लो समयमा महिला हिंसा, बलत्कार लगायत किशोरीहरु प्रति हुने जबरजस्ती कार्यहरु ( दुव्र्यवहार )बाट बच्नका लागि यसरी तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम आवश्यक ठानेकाले तालिमको आयोजना गरिएको बताउनुभयो। ‘तालिमलाई भरपुर रुपमा लाभ लिएमा किशोरीहरु सुरक्षित रहन किशोरीहरु हिंसासंगै शारीरिक र मानसिक रुपमा कमजोर महसुस नहुने नगरपालिकाले बिश्वास लिएको  छ ।’ अधिकारीले  भन्नुभयो ।किशोरीहरु एक्लै बाटोमा हिँड्दा वा अन्य किशोरीमा हिंसा सम्बन्धी हुने कार्यहरुबाट सुरक्षित हुनका लागि यस तालिमले सहज हुने शिक्षा  शाखाकी प्रमुख जानवी पाण्डेले जानकारी दिनुभयो । किशोरीहरु शारीरिक र मानसीक रुपमा कमजोर महसुस नहुन र  आफू सुरक्षित हुनका लागि  यस तालिमले महत्वपुर्ण भूमिका खेल्ने पाण्डेको दाबी छ ।

    किशोराअबस्था शारीरिक र मानसिक परिवर्तन संगै संवेदनशिल अबस्था  हो । उनीहरुमा  पुर्ण बिकास भै नसकेकाले असुरक्षित देखिएका हुन्छन् । तालीममा किशोरीहरुका लागि सकारात्मक सोच बिकास गर्न र हिंसा तथा आक्रमणबाट बच्ने उपायबारे तालिममा सिकाइने गरिएको छ । शारीरिक, मानसीक रुपमा कमजोर महसुस नहुन १३ बर्ष माथिका किशोरीहरुलाई सेनिटरी प्याड र आइरन चक्की पनि सुलभ रूपमा विद्यालयमै उपलब्ध गराइएको छ।नगरपालिकाका १० वटा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका किशोरीहरुको सहभागिता गराइ सबै विद्यालयमा कम्तीमा एक महिना  उनिहरुको अनुकुल   समयमा आत्मरक्षाका तालिम प्रदान गरिएको  नगरपालिका  शिक्षा शाखाका नासु कृष्ण पोख्रेलले जानकारी दिनुभयो ।

    शिक्षक र विद्यार्थीबीच निकट सम्बन्ध हुन्छ । विद्यार्थीले घरपछि धेरै समय विद्यालयमा बिताउँछन् । शिक्षकप्रति उच्च सम्मान र विश्वास हुन्छ । तर तिनै शिक्षकबाट  निकृष्ट व्यवहार भइरहेको हुन्छ ।गत महिनामामात्रै  देसमा आफ्नै विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेका ८ वटा घटना सार्वजनिक भए । शिक्षकले नै ज्यादती गर्न थालेपछि त्यसको प्रतिरोधमा छात्राहरु स्वतस्फूर्त उठेपछि यी घटना सार्वजनिक भएका हुन् । तर अधिकांश ठाउँमा छात्राले विद्यालय प्रशासनबाटै स्वाभाविक रुपमा पाउनुपर्ने समर्थन भने पाएनन् । अझै  पनि सामान्य लागेका जघन्य अपराधमा कमि आएको देखिदैन । केही महिना अगाडिको घटना हो । भैरहवाकै एक प्याप्सन अन्तर्गतको एक बिद्यालयमा नयाँ भर्ना भएकी बालिकालाई  शिक्षिकाको लेखाइ नबुझेको निउमा शिक्षिकाले लठ्ठीले हात र खुट्टा मा कुटपिट गरिन । बच्चालाई खुट्टामा रगत जम्यो र भिम अस्पताल लगियो ।

    एक हप्ता सम्म जोरो रोकिएन। परिवारले बिधालयलाइ जानकारी गराए तर बिधालय ले हल्का रूपमा लियो । आमा सीता शर्मा भन्नुहुन्छ ‘त्यो घटनापछि करिब ४/५ महिना सम्म त्यही कुराको याद आइरह्यो, फेरि यातना दिएकी भन्ने तनाव हुन्थ्यो । बच्चालाई त्यही राख्नुपर्ने बध्याता भएकाले परिवारले केही एक्सन लिएनौ। तर मनमा शंका र डर कायमै छ ।’ २०८० माघ  महिनाको कुरा हो । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका–१ को भ्याली पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि गौतममाथि गत भदौ २५ गते विद्यालयमै निर्घात कुटपिट भयो। प्रिन्सिपल पुष्पा भाटकी भतिजीलाई घुमाउन लगेर बिगारेको भन्दै विद्यार्थीहरूकै अगाडि उहाँलाई यातना दिइएको थियो। प्रिन्सिपल भाटले विद्यालय सञ्चालक युडेन भण्डारीकै उपस्थितिमा सृष्टिलाई कुटपिट गरेकी थिइन् । प्रिन्सिपलको यातनाबाट तनावमा परेकी उहाँले घर फर्केपछि विद्यालय पोसाकमै झुण्डिएर आत्महत्या गर्नुभयो । उहाँको परिवारले प्रिन्सिपल भाट र विद्यालय सञ्चालक भण्डारीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दियो । सिद्धार्थनगर नगरपालिका स्थानीय दिपा थारू भन्नुहुन्छ, ‘देसब्यापी घटना सुन्दा देख्दा कहिलेकाही त येस्तो परिस्थितिमा कसरी  स्कुलमा पठाउने जस्तो लाग्छ । आत्मरक्षाका तालिम आएकोले अलिक आत्मबल बड्ला जस्तो भाछ ।’
    समाजमा तिब्र रूपमा घट्ने गरेका बिभित घटनाका कारण असुरक्षित महसुस गरेका किशोरीलाई आत्मरक्षा तालिमले आत्मबल बढाउँछ ।विद्यार्थीको मनोबल बढाउँछ।कुनैपनि परिस्थितीलाई सजिलै पार गर्छु भन्ने हिम्मत किशोरीमा वृद्धि हुन्छ।