News Portal

  • आयाे कर्मचारीको सरुवासम्बन्धी मापदण्ड

    जनादेश संवाददाता२०८१ असार २१
    २ पटक

    २० असार, रूपन्देही । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यतिबेला कर्मचारीको सरुवासम्बन्धी मापदण्ड बनाउने काममा व्यस्त छ । सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीका अनुसार अहिले मापदण्डको मस्यौदा तयार गरिएको छ र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको छ ।

    राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै जोशीले भनसुनका आधारमा नै कर्मचारीहरुको सरुवा भइरहेको स्वीकार्दै अब सच्याउने बताए । विधि, पद्धति र मापदण्ड नहुँदा भनसुनका आधारमा कर्मचारीको सरुवा भइरहेको भन्दै जोशीले कर्मचारी सरुवा गर्दा धेरै दबाब हुने झेल्नुपरिरहेको समेत उल्लेख गरे ।