News Portal

  • इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमानी बनायाे

    जनादेश संवाददाता२०८१ असार ३२
    २ पटक

    ३१ असार, रुपन्देही । इंग्ल्याण्डका कप्तान ह्यारी केनले युरो २०२४ तीन गोलमा समाप्त गरेपछि अन्य पाँच खेलाडीसँग गोल्डेन बुट बाँडेका छन् । स्पेनका ड्यानी ओल्मो, जर्जियाका जर्जस मिकाउटाजे, नेदरल्याण्डका कोडी गाक्पो, स्लोभाकियाका इभान श्रान्ज र जर्मनीका जमाल मुसियालाले पनि अवार्ड जितेका छन् ।

    स्पेनले २–१ ले जितेको युरोको फाइनलमा केन र ओल्मो दुवैले गोल गर्न सकेनन्।  स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।