News Portal

  • औषधिय गुणले भरिपूर्ण मेवाले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउछ

    जनादेश संवाददाता२०८१ असार १०
    ५९ पटक

     असार , रूपन्देही । मेवा तराई र भित्री मधेसमा सजिलै उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ। प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ। मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ।

    विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।
    आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।
    मेवामा भिटामिन ए तथा पपाइन तत्व पाइन्छ । यसले अन्य फाइदका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।

    यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ। साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन्। काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ। पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ। झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ। कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ। मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ। शरीरमा रगतको मात्रा वृद्धि गर्छ। यसले आँखालाई समेत फाईदा पुर्‍याउँछ। र, रतन्धो हुनबाट जोगाउँछ।

    तर असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ  । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । एजेन्सीको सहयोगमा