News Portal

  • कनिष्ठलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

    जनादेश संवाददाता२०८१ भाद्र १४
    ३ पटक

    काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

    आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीके पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

    सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।