जनादेश संवाददाता२०८१ असार ११
१० असार, रूपन्देही। सरकार र आन्दोलनरत संघीय संसद्का आन्दोलनरत कर्मचारीहरूबीच सातबुँदे सहमति भएको छ । यसहमतिले संसद्का कर्मचारीहरूको तलबभत्ता कम्तीमा चार हजार रुपैयाँसम्म बढ्ने छ ।
आन्दोलनरत कर्मचारीसँग कानुनमन्त्री पदम गिरीको नेतृत्वको सहजीकरण समितिले गरेको वार्तामा आवास र शैक्षिक भत्ताका साथै खाजा खर्च बढाउने सहमति भएको छ ।
राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत ३ हजार ५०० प्राप्त गर्दै आएका छन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीले प्रतिमहिना तीन हजार आवास भत्ता पाउँथे । आवास भत्ता शतप्रतिशत वृद्धि गर्ने सहमति भएको छ ।