News Portal

  • काे हुन् ? बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

    जनादेश संवाददाता२०८१ श्रावण २२
    ३ पटक

    २२ साउन, रुपन्देही । प्रधानमन्त्री शेख हसिना बंगलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए।

    सन् १९८१ मा उनीहरू स्वदेश फर्किए। अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बन्यो।

    सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन्।सन् २००९ यता उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।चुनावमा धाँधली गरेको आरोप उनी र उनको पार्टीमाथि लागेको थियो। अवामी लीगले ती आरोपहरू अस्वीकार गर्दै आएको छ।

    सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्‍यो। यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन्।

    हसिना विदेश पलायन भएपछि राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरे।देशका विभिन्न स्थानमा आन्दोलन गर्न सडकमा भेला भएका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा प्रवेश गरेर हर्षोल्लास गरेका छन्।

    केही आन्दोलनकारीले देशका संस्थापक नेता शेख मुजिबुर रहमानको प्रतिमा तोडफोड गरेका छन्।