News Portal

कुसुम शर्मा ( सकम्बरी) ले जितिन् उत्कृष्ट नायिका अवार्ड २०२४ म्युजिक भिडियो “नाई नाई न भन्नु ल”बाट

जनादेश संवाददाता२०८१ पौष २९
२२८ पटक

राष्ट्रिय चलचित्र बोर्डकाे हल चाबहिलमा आयोजना भएको दोस्रो उपमा अवार्ड २०२४ काे आधुनिक विधाबाट कुसुम शर्मा (सकम्बरी) उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल भएकी छन् । सो अवार्ड उनको पछिल्लो समय चर्चामा रहेको गायिका एलिना चौहान र गायक बसन क्षेत्रीकाे स्वरमा शब्द सङ्गीत शिवराज गौतमको रहेको छ । म्युजिक एरेन्ज तथा मिक्सिङ्ग माष्टरिङ रुबिन मगरले गरेको सो गीत द म्युजिक इरा स्टुडियो अनाम नगरमा रेकर्ड भएको हो ।

गायक बसन क्षेत्री आफैले नायिका कुसुम शर्मा (सकम्बरी) सङ्ग म्युजिक भिडियोमा समेत स्क्रीन सेयर गरेका छन् । सो म्युजिक भिडियो जोन राईले क्यामरा साथै इडिट कलारिङ्ग गर्दा ड्रोनमा चाहिँ टार्जन लिम्बूले कैद गरेका छन् । सञ्जिला सुमित्राकाे कोरियोग्राफी रहेको भिडियोको परिकल्पना सुमन मोक्तानकाे रहेको छ भने यसको डाइरेक्सन शिवराज गाैतमले गरेका छन्  ।

साझा अनलाइन टि भी अफिसियल च्यानलबाट बजार आएको सो म्युजिक भिडियो अहिले पनि दर्शकको उत्तिकै माया सँगालिरहेको छ करिब ५ लाख पटक हेरिसकिएको यो म्युजिक भिडियोले छिट्टै मिलिनियर्स भिउज बटुल्ने कुरामा निर्माण टीम विश्वस्त रहेको छ । सम्पूर्ण अडियो भिडियो निर्माण टीम लगायत यस गीतलाई माया गरिदिनुहुनेछ सम्पूर्ण दर्शक श्रोता लगायत अवार्ड जित्नु हुने नायिका कुसुम शर्मालाई फेरि एक पटक हार्दिक शुभकामना ।

साे अवार्ड कार्यक्रमकाे प्रमुख अतिथि माननीय तथा लुम्बीनी प्रदेश लुम्बीनी प्रदेशका संस्थापक सभामुख पूर्ण बहादुर घर्तीले गरेका थिए । कार्यक्रमकाे सभापतित्व उपमा सञ्चार मिडियाका अध्यक्षले गरेका छन् ।

आशा गौतमले गरेका थियो । कार्यक्रम संचालन कुशल कार्यक्रम सञ्चालक अनिल सोनामले गरेका थिए ।
सकम्बरी सुटि सुटिङका लागि पोखरा भएको कारणले सो अवार्ड डाईरेक्टर तथा संगीतकार शिवराज गौतमले ग्रहण गरिदिएका हुन् ।