News Portal

  • क्याम्पस प्रमुखको गोली हानी हत्यापछि फरार मुख्य अभियुक्त पक्राउ

    जनादेश संवाददाता२०८१ मंसिर १३
    २०७ पटक

    बारा – कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा रहेका छन्।

    आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँमा गत जेठ ३२ गते साँझ हरिभुषणको गोली हानी हत्या भएको घटनामा संलग्न रही फरार रहेका सुरेन्द्र प्रसादलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

    उनलाई मोरङमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।