
दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ४ नम्बर ब्युरो ” जन सम्बन्ध बिस्तार अभियान ” चैत ४ गते केन्द्रीय योजना अनुसार एकैपटक देशभर उदघाटन गरिएको छ। ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको अध्यक्षतामा सम्पन्न भएको अभियानमा ४ नम्बर सेक्रेटरी समिरले देशको केन्द्रीय योजना अनुसार दाङ जिल्लाबाट उदघाटन गरेर बैशाख १८ गते काठमाडौ पुगेर कार्यक्रम समापन गरिनेछ ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रीय बैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी समिरले देश अहिले गम्भीर संकटमा परेको , अर्थतन्त्र ध्वस्त भएको सरकार देशको जनताको पक्षमा भन्दापनि दलाल भ्रष्टहरुको चाकरी गर्ने कुर्सी रक्षाका लागि मात्र चिन्तित रहने देखियो । उहाँले यो राज्य ब्यबस्था जनताको पक्षमा नभएको गरिव किसान मजदुरहरुो हकहितमा भन्दापनि मालिक जमिन्दारहरुका पक्षमा रहेको, गरिब सुकुम्बासीका समस्या हल गर्नुपर्नेमा उल्टो सुकुम्बासीहरुलाई बसिरहेको घरबास उठाएर मानसिक पीडा दिईरहेको सरकार उल्टो बाटो हिडेकोले सरकारलाई गल्ती सच्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा दाङ जिल्लाका सदस्य तथा क्रान्तिकारी सुकुम्बासी संगठनका दाङ संयोजक तिलक बि क , अखिल नेपाल जन सांस्कृतिक महासंघ का केन्द्रीय सदस्य गोपाल बेैद्य , लगाएतका बक्ताले कार्यक्रममा मन्तब्य दिनु भएको थियो । कार्यक्रम स्वागत मन्तब्य दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो ।कार्यक्रम सञ्चालन मोतीरामले गर्नु भएको थियो । कार्यक्रम अध्यक्षता ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको सभापतित्व मा सम्पन्न भएको थियो ।