News Portal

  • खेलकुद जस्तो संवेदनशील बिषयलाई बदनाम गर्न तथा व्यापार गर्न राेक्नुपर्छ

    जनादेश संवाददाता२०८१ असार २२
    ३ पटक

    २० असार रूपन्देही।  बुटवलटुडे दैनिकको असार ११ गतेको अंकमा प्रकाशित ‘खेलकुद समितिको जग्गामा ब्यवसायिक भवन ’ शिर्षकमा समाचार आएसंगै विभिन्न संघसंस्थाहरुले खेलकुद ऐन र नियमावली विपरित पदाधिकारीबाट भएको गलत कार्यको विरोध शुरु गरेका छन ।

    यसै सिलसिलामा रुपन्देही खेलकुद बिकास समितिले सार्वजनिक संस्था जस्तो गरिमामय सम्पत्तिलाई सटर निर्माण गरि व्यापारमा परिणत गर्न खोज्नु, खेलकुद ऐन र नियमावली र सार्वजनिक खरिद ऐन र नियमावली विपरीत रुपन्देही खेलकुद बिकास समितिको कार्यलय हाटबजार बुटवलमा रहेको प्राङगणमा सिलबन्दीका लागि पत्रपत्रिकामा सुचना नै प्रकाशित नगरि काठमाडौँको एक निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्नु, उक्त संस्थालाई विकास र संरक्षण गर्न चाहाने दल वा संस्थाहरुलाई प्रलोभन दिई आफ्ना कर्तुतहरु लुकाउन खोज्नु, नागरिकको नैसर्गिक अधिकार संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उप दफा १ बमोजिमको सुचना हकलाई कुण्ठित गरिनु, कार्यलयमा पठाएका पत्रहरुको कार्यलय कार्य सम्पादन विपरीत अभिलेख तथा दर्ता कार्यहरू नगर्नु, गत बर्षको कार्यसमिति भङ्ग भएको अवस्थामा पनि हामी नै छौं भन्दै उक्त अवैधानिक कार्यसमितिबाट कार्यसम्पादन गरिएको छ। यी यस्ता कार्यहरू प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ साथै सम्पूर्ण युवा खेलाडी, खेल प्रेमि र आम जनसमुदायहरुलाई आन्दोलित हुन समेत आह्वान गर्दछौँ ।

    तत्काल सम्बन्धित पक्षलाई सच्याउन चेतावनी दिन्छौं यदि तत्काल नसच्याईएमा चरणबद्ध संघर्ष गर्न बाध्य हुने व्यहोरा पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं। पार्टीका संयोजक दिग्दर्शन द्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।

    Share this: