२६ असार, रुपन्देही। गत महिनामा उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थिति अनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत छ ।
यो मूल्यवृद्धि दर २०७८ भदौयताकै न्यून हो । राष्ट्र बैंकका अनुसार २०७८ भदौमा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशतमा झरेको थियो । त्यसपछिका महिनाहरूमा ४.१७ प्रतिशतभन्दा माथि रहँदै आएको थियो ।
गत वर्षको जेठमा उपभोक्ता मूल्य वृद्धिदर ६.८३ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत छ ।यो मूल्यवृद्धि दर २०७८ भदौयताकै न्यून हो । राष्ट्र बैंकका अनुसार २०७८ भदौमा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशतमा झरेको थियो । त्यसपछिका महिनाहरूमा ४.१७ प्रतिशतभन्दा माथि रहँदै आएको थियो ।