News Portal

  • गम्भीर भएनन् मन्त्रीहरू : प्रधानमन्त्री प्रचण्ड

    जनादेश संवाददाता२०८१ असार ७
    १४६ पटक

    ६ असार,रूपन्देही । पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताएका छन् । उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

    प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले बजेटमा ससाना आयोजना परेको विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘चाहे जस्तो अझै हुन सकेन, यसको निम्ति हामी सबैले प्रयास गर्नु पर्ने हुन्छ ।’ माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको (निर्देशिका), प्रधानमन्त्रीकै निर्देशनलाई गम्भीरतापूर्वक लिनुपर्ने हो तर अगाडि भने, भन्दा भन्दै पनि साना आयोजाना राखिएको छ ।

    जे भएको छ, ठीक भएको छ भन्ने पक्षमा आफू नभएको भन्दै उनले परिर्माजन आवश्यक रहेको बताए ।