News Portal

  • गर्मीयामको समयमा पसिना धेरै आउने समस्या

    जनादेश संवाददाता२०८१ असार १८
    ६ पटक

    १७ असार ,रूपन्देही । गर्मीयामको समयमा पसिना आउने समस्याबाट धेरै मानिसहरु पिरोलिने गरेका छन् । छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो ।

    शरीरमा पसिना आउनका विभिन्नकारणहरु छन् । वंशानुगत कारणले पनि बढी पसिना आउँछ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुँदा पनि पसिना बढी आउँछ ।

    पसिना आउँनु स्वास्थ्यका हिसाबमा राम्रो कुरा हो । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिदैन । अचानक कुनै पनि कारणबिना पसिना आउनुलाई स्वास्थ्यमा गड’बढी भएको संकेत हुन सक्ने चिकित्सकहरु बताउँछन् ।शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ ।  अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ ।

    मानिस अचेल पसिना आउनेगरी साईक्लिङ, व्यायाम, जगिङ्, मोर्निङवाक या जिममा गएर पसिना निकाल्ने गर्दछन् । तर कहिलेकाहिँ आवश्यकता भन्दा बढीमात्रामा तथा बिनाकारणबस शरीरबाट पसिना आउनथाल्छ ।बढी पसिना आउनलाई चिकित्सा विज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिना आउनु भनिन्छ । एक तथ्याङअनुसार विश्वको कुल जनसंख्याको करिब दुईप्रतिशत मानिसहरुमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएको छ । सामान्यतः महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ ।