१८ साउन, रुपन्देही । श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक पुर्ण बहादुर सिंह समरजंगले चिनियाँ नेता माओको शैलीमा आँफै स्वयम बिजुलीका पोलहरु र पुलहरुका डण्डिहरुमा पार्टीका स्टिकर टाँस्दै प्रचारप्रसार गर्दै हिडिरहेका छन् ।
“जनतामा जाऔं १ जनताको सेवा गरौं ११ भन्ने मुल नाराका साथ आफ्नै नेतृत्वमा अभियान संचालन गरेको जम्बो केन्द्रीय समिति, युवा, विद्यार्थी र मजदुरहरुको टिम हुँदाहुँदै पनि आफु नै रोडमा निस्केर स्टिकर टाँसि रहेका छन् । १९६६ मा कमरेड माओ नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको ११ औं बैठकबाट १६ बुँदे साँस्कृतिक क्रान्तिको घोषणा पत्र निर्माण भए लगत्तै पार्टी भित्र लि चाओ सिहरुले सामान्तर कमिटी बनाई प्रतिक्रान्ति गर्न खोजेपछि साँस्कृतिक विभागको बैठक बसि “बुर्जुवा हेडक्वाटर माथि बमवार्ड गर” नारा पास गरि केन्द्रीय कार्यालयमा पठायो उक्त नारालाई माओले धन्यवाद दिदै खुशी हुदै “संशोधनवादि बुर्जुवा हेडक्वाटरमा बमवार्ड गर” भन्ने सुझाव दिदै आफै रोडमा निस्केर नारा लेखेका थिए ।
त्यस्तै श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक पुर्ण बहादुर सिंह समरजंगले जनतामा जाऔं १ जनताको सेवा गरौं ११ भन्ने मुल नाराका साथ आफ्नै नेतृत्वमा अभियान संचालन गरेका छन् । उनले अभियान असार १५ शुरु भएको जानकारी दिदै अभियान कै क्रममा नेवा मोर्चा कमिटी निर्माण तथा बैठक, विद्यार्थी विशेष भेला, मजदुर संगठनको भेला, सम्मान तथा स्वागत र नेकपाका संस्थापक महासचिव पुष्पलालको सम्झनामा बुटवलमा विचार गोष्ठि कार्यक्रमहरु सम्पन्न गरेको बताए ।
यसै सिलसिलामा अहिले हामी महाकाली महेन्द्रनगर कंचनपुर देखि मेचि झापा, हिमाल देखि तराई सम्म जनभेटघाट, जनसेवा, प्रचारप्रसार गर्ने भन्दै उनले आफु संग भएको डिजिटल स्टिकर निकालि कर्णाली चिसापानी पुलमा टाँस्न थाले । उनले उक्त स्टिकर टाँस्दै भने जनता माथि राजनीति होईन् जनताको लागि राजनीति गर्नुपर्छ । विद्यमान नक्कली कम्युनिस्ट नामधारिहरुले जनतामा माथि राजनीति गरेको भन्दै दुख व्यक्त गरे । हामीले जहिले पनि जनताको लागि राजनीति गर्नुपर्छ भन्दै जनताको सेवक बनिरह्यौं तर यहाँका संशोधनवादि कम्युनिस्टहरु जनताहरुलाई उल्टो लुटेर हिडेका आँफुहरुले यसलाई हामीले खारेज गर्दै “जनतामा जाऔं १ जनताको सेवा गरौं ११” अभियान संचालन गरेको जिकिर गरे उनले यो अभियानले साच्चै जनता, पार्टी पंक्ति, योद्धाहरुको मुहारमा खुशी ल्याउने गरि काम गर्ने समेत बताए ।