News Portal

  • छलफलका लागि बस्दै नेकपा एमालेकाे सचिवालय बैठक

    जनादेश संवाददाता२०८१ असार १९
    २२ पटक

    १८ असार, रूपन्देही । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्नेछ ।सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।

    यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।