News Portal

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

जनादेश संवाददाता२०८१ असार २२
१८ पटक

२१ असार, रुपन्देही। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

महासचिव मो. इस्तियाक राईका अनुसार संसदीय दल र केन्द्रीय पदाधिकारीको बैठकले कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । यससँगै मन्त्रीहरू राजीनामा बुझाउन गएका छन् । जसपाबाट नवलकिशोर साह वन, प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री थिए ।प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ताको जानकरी पनि गराइने महासचिव राईले बताए ।