भुकम्प डिडितहरुले आजसम्म पनि टहराको दोश्रो किस्ता पाएनन्
पदम हमाल
शनिवार, ८ बैशाख, २०८१, जाजरकोट
जाजरकोट जिल्लाका ७ वटै पालिकाहरुमा नितिगत भ्रष्टाचार, कमिशनखोरीका कारणले भुक्प जस्तो प्राकृतिक विपतको बेलामा पनि सरकारको संवेदनशीलतामा तिब्रता नआएको तथा भुकम्पका नाममा व्याप्त भ्रष्टाचार मौलाएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले एक विज्ञप्ती जारी गरेको छ । उक्त विज्ञप्तीमा जिल्लामा भएका विकासे काममा गुणस्तर हिन सामाग्रीको प्रयोग भएको, भूकम्प पिडितको नाममा भएको मनपरी, सरकारी सवारी साधनमा भएको निजीकरण, बन जंगलमा मनपरी क्षेति, पावरपहुँचका आधारमा लगाइएको सिन्डीकेट प्रणाली आदि इत्यादि विषमा क्रान्तिकारी युवासंगठनको ध्यान आकृष्ट भएको कुरा उल्लेख छ । यस्ता गतिविधिहरुका विरुद्ध क्रान्तिकारी युवा संठनले जनकारवाही गर्ने कुरा सहित विज्ञप्तीमा उल्लेख गरिएको छ ।