News Portal

  • जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकले अपरेसन सेवा अवरुद्ध गर्दा ८० वटा शल्यक्रिया रोकिए

    जनादेश संवाददाता२०८१ श्रावण १
    २ पटक

    १ साउन, रुपन्देही । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकले दुई दिन अपरेसन रोकेका छन् । जोखिम भत्ता नपाएको विषय उठाएर एनेस्थेसिया चिकित्सकहरु आइतबार र सोमबार अपरेशन थियटरमा काम गर्न गएनन्, जसले ८० वटा शल्यक्रिया रोकिएको छ । आकस्मिक रुपमा हुने केही शल्यक्रिया भयो। तर एनेस्थेसिया विभागले सेवा अवरुद्ध गर्दा योजना बनाइएका कुनै पनि अप्रेशन हुन सकेन।

    अस्पताल प्रशासनलाई जानकारी समेत नदिएर अपरेसन रोकेको वीरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । अस्पताल प्रशासनलाई जोखिम भत्ताको विषयमा कुनै लिखित जानकारी थिएन । एकाएक आइतबार बिहान सेवा अवरुद्ध भएको सूचना प्राप्त भयो’, डा. पौडेलले भने चिकित्सकको पेसागत मर्यादालाई कायम राख्न सक्नुभएन ।’ जोखिम भत्ताको मागबारे आइतबार दिँउसो छलफल गर्ने गरी सेवा सञ्चालन गर्न अनुरोध गर्दा नमानेको उनको गुनासो छ ।