News Portal

  • ठगले झुक्याएर घर जग्गा खाइदिए अब ६ वर्षे छोरासहित जलेर मर्छु : पिडित रामकुमारी भट्टराई

    जनादेश संवाददाता२०८१ माघ २२
    ७४ पटक

    सुर्खेत / दैलेख जिल्ला साविक खडीगैरा गाविस वडा १ बाट बसाईसराई गरि वीरेन्द्रनग नगरपालिका वडा नं. ३ बस्ने शाही नेपाली सेनाका पूर्व हवल्दार तथा नेपाली काँग्रेसका पूर्व वडा सदस्य तथा काँग्रेस पार्टीका जिल्ला प्रतिनिधि बताउने टोप बहादुर रोकायले सोही वडामा बस्ने गणेश प्रसाद भट्टराई कि छोरी टंक प्रसाद शर्मा कि श्रीमति रामकुमारी भट्टराई(शर्मा)लाई नाता सम्बन्धका आधारमा उनको ऋण तिरिदिने र बाँकी घर निर्माण गरिदिने भन्ने लगाएतका झुटा आश्वासनमा फसाएर उनको श्रीमान टंक प्रसाद शर्मा र उनका माईति कोहि कसैलाई जानकारी दिन नदिई विरेन्द्रनगर नगरपालिका वडा नं. १० लाटिकोईलीमा पर्ने करिव एक करोड बराबरको ज.वि. १२०–०–०–० मा बनको एकतला घर र दोश्रो तल्लाको निर्माणका लागि १५ हजार इट्टा, १० क्वीन्टल सरिया ५० प्याक सीमेन्ट लगाएतका निर्माण सामाग्री सहित रु ९ लाख ९० हजारका दुईवटा चेक दिएर उनको ऋण तिरिदिएका र ४० लाखको थैली राखी उक्त रकमको राजस्व स्वरुप रु १ लाख २३ हजार र पुँजीगत लाभकर रु ५ हजार बुझाई मिति २०७८ मंसिर २ गते टोप बहादुर रोकायको श्रीमति कृष्ण कुमारी थापा(रोकाय)को नाममा पास गरि लिएको कुरा पिडीत राम कुमारी भट्टराईले हामी सँग बताएकी छन् ।

    सो समयमा उनका श्रीमान विदेशमा बस्ने र घर आएपछि घरको लालपुर्जा खोज्दा रामकुमारी भट्टराईले आनाकानी गरेपछि मालपोत कार्यालयमा बुझ्दा सो कुरा पत्ता लगेको हो । यहि विषय लिएर घरमा कुरा गर्दा रामकुमारीले कुनै पनि रकम आफ्नो हातमा नलिएको खाली आश्वासनमा परेर त्यसो गरेको बताएकि छन् । यो विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन दिई जिल्ला प्रहरी कार्यालयमा वडा प्रतिनिधिलाई सहित छलफल गर्दा प्रहरीसँग झुटो बोल्दै मेरी मानेकी छोरी हुन हामी वडा कार्यालयमै बसेर मिलाउँछौं भनेका रहेछन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ को कार्यालयमा ३ पटक छलफल हुँदा सम्म पनि उनले उपर्यूक्त रकम तथा आश्वासन वाहेक अरु केहि होईन मिलाउँछौं भन्ने गरेको तर नमिलाउने वचन बदल्ने आदि कार्य गरेको बुझिन्छ ।

    उनको एक भिडियो रेकर्डमा उनकी श्रीमति कृष्ण थापा(रोकाय)ले सबै सत्य कुरा रामकुमारीलाई बताउँदै अव दुःख नदिने कुरा उल्लेख गरेकाे एक रिपाेर्ट

    हाम्रो सम्वाददाता सँग टोपबहादुर रोकायले सो घरजग्गा ४२ लाखमा खरिद गरि लिएको र सो रकम ब्याज सहित पाए मात्र फिर्ता दिने कुरा हाम्रो संवाददातालाई बताएका छन् । सम्वादका क्रममा कहिले ३ प्रतिशत मासिक ब्याजका दरले दिएको हुँ भन्ने कहिले किनेको हुँ भन्ने कुराले हामीलाई सत्य के हो भनि जान्न गारो परेपछि मिति २०८१ माघ १४ गते उनको घरमा पुग्दा हामी सबै प्रमाण तपाईलाई पठाइ दिन्छौ तर क्यामरामा आउँदैनौ भनेका हुन् ।

    यता रामकुमारी भट्टराईका परिवार भने आफुसँग भएको २ वटा घर मध्य एउटा कृष्ण थापा(रोकाय)कै भाई कनक थापा र मनिस सुनारले लिनुपर्ने ४÷४ लाख रुपैयाँ रकम असुली गर्न बारम्बार धम्की दिएपछि रामकुमारी भट्टराईको नाममा रहेको विनपा ३ को ५ मीटर मोहडा र २२ मीटर पिछाड भएको जग्गामा बनेको एक तला घर ३० लाखको मुल्य गरि बाँकी पैसा घरमा दिन्छौं भनि फकाई जिल्ला मालपोत कार्यालयबाट मनिस सुनारको नाममा रजिष्ट्रेशन पास गरि लिएपछि घरमा आउँदा बाँकी रकम बुझौं भन्दा ५ लाख मात्र दिएपछि रामकुमारी भट्टराईले बाँकी २२ लाख रुपैयाँ नभए म लिन्न भनेपछि फेरी धम्की दिदै जे सुकै गर भनेपछि त्यो पैसा हालसम्म पनि नपाएको गुनासो हामी सँग गरेकी छन् ।
    रामकुमारी सँग भएको घर ठगले खाईदिएर पैसा नदिएर बस्ने बास नभएपछि माईतिसँग रोइ पछि माईतिले विनपा वडा नं. १० मा उक्त जग्गा दिएको र त्यसैमा बनाउँदै गरेको घर टोपबहादुरले फसायो अब आमीसँ भएको सबै सम्पत्ती ठगहरुले खाई सके अव ३ छोरी र १ नावालक सन्ताहरुको लालन पालन र शिक्षा दिक्षाको कुनै सम्भावना नरहेकाले नाबालक छोरा सहित आफुहरु मर्नुको विकल्प नरहेको बताएका छन् । मर्ने उद्देश्य राखी पेट्रोल, विष र रसी आदि लिएर कहिल्यै काँक्रेविहारको जंगलतिर कहिल्यै खोला खोल्सा तिर भाग्न खोजेपछि हामी दिदि वहिनीले पनि निग्रानी राखिरहेको कुरा मिटर व्याज र ठगी विरुद्ध मजदुर किसान आन्दोलन नेपालकी सुर्खेत जिल्ला अध्यक्ष निर्मला धमलाले हामी सँग बताएकि हुन् ।
    मिति २०८१ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालयमा रामकुमारी भट्टराईले दिएको ज्यान सुरक्षाको निवेदन उपर छलफल गर्दा टोप बहादुर रोकायको छोराले धम्की दिएको कुरा स्वीकार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले मेलमिलापका लागि वडा कार्यालयमा पठाएको र वडा कार्यालयको ३ पटकको बसाईमा कुरा नमिलेपछि वडा कार्यालयले विरेन्द्रनगनगरपालिकाको न्याय समितिमा पठाएको कुरा वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद विष्टले हामीलाई बताए । न्याय समितिमा पनि छलफल भयो मिल्छौं दिन्छौं भनेर आएका टोप बहादुरले केहि गर्दैनन पिडीतको हालत भने विग्रदै गएको छ कहाँ बस्ने कसरी हातमुख जोड्न एकदमै सकस परेको छ हाम्रो क्यामेराका अगाडी यसरी रुदै ले घर जग्गा साहुले खायो ६ वर्षे छोरासहित जलेर मर्छु भनेकी हुन् ।

    हाल मात्र हाम्रो सम्वाददाता सँग गरेको कुराकानीको एक भिडियो रिर्पोट