News Portal

  • डेंगुका संक्रमित देशभर,असार: साउन, भदौ र असोज जाेखिम

    जनादेश संवाददाता२०८१ असार २३
    २ पटक

    २१ असार, रुपन्देही । मनसुन भर्खर–भर्खर सक्रिय हुदै गर्दा डेंगुका संक्रमित देशभर भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७३ जिल्लामा डेंगु सक्रिमित भेटिएका हुन् ।

    हालसम्म १ हजार ४३२ जना संक्रमित भएका छन्, जसमा सबभन्दा बढी बागमती प्रदेशमा ४८२ जना संक्रमित भए । कोशीमा ३५०, गण्डकीमा २१२, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १५९, मधेशमा ३८ र कर्णालीमा २० जना संक्रमित भए ।

    कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । ‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यस वर्ष भखरै मनसुन संक्रिय भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. दाहालले भने, ‘यो तीन महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’