जनादेश संवाददाता२०८१ श्रावण २३
२३ साउन, रुपन्देही। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले तेलबालीको उत्पादन र उत्पादकत्व बढाउनका लागि अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सर्लाहीको नवलपुरस्थित तेलबाली अनुसन्धान कार्यक्रम निरीक्षणका क्रममा तेलहन बालीको उत्पादन र उत्पादकत्व बढाउन अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
नेपालमा २ लाख ६० हजार हेक्टर क्षेत्रफलमा तेलबाली उत्पादन हुँदै आएको छ । सो क्षेत्रफलबाट २ लाख ८७ हजार मेट्रिक टन तेलबाली उत्पादन हुन्छ । सो क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि अनुसन्धानमा जोड दिनुपर्ने मन्त्री अधिकारीले बताए ।