News Portal

  • देशभक्तलाई जेल : भ्रष्टाचारलाई मलजल !

    जनादेश संवाददाता२०८१ बैशाख १३
    ७४ पटक

    भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई कालोमोसो दलेका भन्दै क्रान्तिकारी युवा संगठनका कार्यालय सदस्य अविनाश कुँवर र सचिवालय सदस्य सुदिप शेर्पालीलाई विभागका महानिर्देशकको कार्यकक्ष बबरमहलबाट हिजो दिउँसो २ बजे सिंहदरवार प्रहरी परिसरको एक टोलीले पक्राउ गरेको हो । गिरफ्तार सुदिप र अविनाशको रिहाईको माग गर्दै क्रान्तिकारी युवा संगठन नेपालले एक विज्ञप्ती मार्फत अभियानताहरु भ्रष्टाचार विरोधी तथा जनराष्ट्र प्रेमी भएको जिकिर गर्दै निशर्त छोड्नु पर्नेि बताएका छन् । हजारौँ युवाहरूको बलिदानबाट जन्मिएको महान तथा गौरवशाली संगठन क्रान्तिकारी युवा संगठन नेपाल विगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा एवं भ्रष्टाचारका विरुद्धमा सडक संघर्षमा रहेको जानकारी दिदै आफुहरुले जेल राख्नुपर्ने कार्य नगरेको बरु भ्रष्टाचारीहरुलाई कार्वाही गरि दण्डहिनतालाई निरुत्साही गर्दै आएको कुरा विज्ञप्तीमा उल्लेख छ ।
    संगठन विगत लामो समयदेखि देशमा चलिरहेको भ्रष्टाचार र कुशासनका विरुद्ध सडक संघर्षमा होमिएको छ । यसै सन्दर्भमा देशभरिकै सार्वजनिक जमिन र सम्पत्तिमाथि अपचलन गरी व्यक्तिका नाममा सार्ने, गुठी तथा सार्वजनिक सम्पत्तिहरू निजीकरण गर्ने नाइकेको रुपमा परिचित भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रमुख विरुद्ध संघर्षको संगठनले नेतृत्व गरेको छ । सो संघर्षमा गिरफ्तार संगठनका कार्यालय सदस्य कमरेड अभिनाश कुँवर र सचिवालय सदस्य कमरेड सुदिप शेर्पालीले कुनै दण्डनीय कार्य नगरी भ्रष्टाचारीहरूको विरुद्ध संघर्ष गरेको हुँद उनीहरुलाई ससम्मान रिहाईको गरिनुपर्ने लेखिएको छ । युवाहरूको जनआक्रोश र जनसङ्घर्ष भ्रष्टहरुले थेग्न नसक्ने कुरा उल्लेख गर्दै जनसङ्घर्ष गरेकै कारण हिरासतमा रहेका कमरेडहरु माथि षड्यन्त्र थोपरिने हो भने संगठन थप संघर्षमा जाने निश्चित भएको र सो परिस्थितिको जिम्मा सम्बन्धित निकाय लिनुपर्ने बताइको छ । अत: राज्यले देशभक्तहरुलाई जेल हालेर भ्रष्टाचारलाई मलजल गर्ने कार्य निन्दनीय कार्य हो ।

    उता अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ शैक्षिक सत्रको सुरुवाती सँगै शिक्षा क्षेत्रमा हुने गरेका नियमित भ्रष्टाचार तथा अनियमितताका विषयमा अलि पहल लिने कार्यक्रम चलिरहेको जानकारी दिदै मुल्य बृद्धि लगायतका शैक्षिक विकृतिका विरुद्ध कालो ब्यानर टाँस्ने क्रममा संगठनका सचिवालय सदस्य तथा ६ नं. प्रदेश सदस्य हरि विष्ट, केन्द्रीय सदस्य तथा ६ नं. प्रदेश संयोजक सर्जन पाण्डे, क्रान्तिकारी युवा संगठनका छ नं. प्रदेश संयोजक प्रकाश शर्मा संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष तपेन्द्र न्यौपाने संगठनका नेता प्रकाश वि.क. र गगन रावतलाई बाँके जिल्लाको कोहलपुरबाट गिरफ्तार गरेको प्रति एक विज्ञप्ती जारी गरि आपत्ती प्रकट गरेको छ भने यथासिघ्र रिहाई नगरे संघर्षको आँधिवेहरी हुने चेतावनी दिएको कुरा विज्ञप्तीमा उल्लेख छ ।