



उपमा सञ्चार प्रा लि र तेजनेपाल मल्टिमेडियाको संयुक्त आयोजना गरिएको दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ अर्थात (2nd Upama National Award 2081) तथा उपमा राष्ट्रिय दशक गायक साथै दशक पत्रकार सम्मान कार्यक्रम २०८१ पौष २७ गते दिनको २ बजे काठमाण्डौको चाबहिल स्थित चलचित्र विकास बोर्डको सभा हलमा प्रतिनिधि सभा सदस्य एवं लुम्बिनी प्रदेश सस्थापक सभामुख माननिय पूर्ण बहादुर घर्ती ज्युको प्रमुख आतिथ्यमा र उपमा सञ्चार प्रा लि तथा कार्यक्रमका सभाध्यक्ष्य आशा गौतम मार्फत दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रमुख अतिथिबाट दशक गायक/सर्जक/ सङ्गितकार सम्मानित हुनुहुनेमा डेउडा सम्राट नन्दकृष्ण जोशी, बरिष्ठ सङ्गितकार जीवन परियार, बरिष्ठ गायक रुपक परियार, बरिष्ठ निर्देशक राजु गिरि, मौलिक गायिका पुजा परियार शेर्पा, मौलिक गायक कुशल बिश्वकर्मा, गायक बद्री प्रसाद सिटौला, गायक सर्जक कृष्ण गैरे, गायक मोडल प्रकाश गौतम, मैथिली तथा भोजपुरी बरिष्ठ मोडल पुजा कुमारी पास्वान, पछिल्लो समयका चर्चित गायक बिश्वराम कार्की जुरि निर्णायक तर्फ भजन सम्राट रेशम सापकोटा, बरिष्ठ गितकार रोशन भट्टराई , बरिष्ठ पत्रकार केदरनाथ कोइराला, कला सम्मान तर्फ सन्चिता बराल, मन्दिरा खड्का कार्यक्रमका संयोजक राम कृष्ण पाण्डे लगायत विभिन्न कलाकार ज्युहरु सम्मानित हुनु भएको थियो ।
अवार्ड तर्फ राष्ट्रिय भावनाका गित, लोक दोहोरी गित, एकल लोक गित, चाडपर्व गीत, कौडा, सालैजो, आधुनिक गीत, लोक पप, प्रत्यक्ष दोहोरी गीत, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गीत, जनचेतनामूलक फिल्म अन्य बिदाबाट गरि ७६ जना कलाकारहरु पुरस्कृत भएका छन् ।
यसैगरि साे अवार्ड कार्यक्रममा “नाई नाई नभन्नु ल“ म्युजिक भिडियोबाट कुसुम शर्मा ( सकम्बरी) ले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन् । साथै सोही गीतबाट शिवराज गौतमले स्याक्सोफोन विधाबाट अवार्ड हात पारेका छन् । उपमा सञ्चारका संयोजक सुमन कुमार श्रेष्ठ ज्युले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम उध्घोषण अनिल सुनामले गरेका छन् ।

