News Portal

  • धनगढीका दीपकप्रसाद बागमती प्रदेशको चौथो प्रदेश प्रमुख नियुक्त

    जनादेश संवाददाता२०८१ श्रावण २०
    ३ पटक

    २० साउन, रुजन्देही । सरकारले धनगढीका दीपकप्रसाद देवकोटालाई बागमती प्रदेशको चौथो प्रदेश प्रमुख नियुक्त गरेपछि यादवचन्द्र शर्मा पाँचवर्षे कार्यकाललाई तीन वर्षमा छोट्याउँदै शुक्रबारबाट औपचारिक रूपमा बिदा भए ।

    केन्द्रमा सत्ता समीकरण फेरिएर नयाँ सरकार गठन भएपछि शर्माले हेटौंडा-१० स्थित सरकारी निवासबाट झिट्टीझाम्टा काठमाडौं सारिसकेका थिए । शर्माले नवनियुक्त प्रदेश प्रमुख देवकोटाको पदभार ग्रहणमा सहभागीता जनाएर हार्दिकताका साथ स्वागत गरे र आफूले पनि औपचारिक बिदा लिए । बागमती प्रदेशको ७ वर्षमा चार जना प्रदेश प्रमुख फेरिएका छन् ।

    विगतमा प्रदेश प्रमुखहरुले यस खालको स्वागत तथा पदस्थापनामा सहभागिता गराउने गरेका थिएनन् ।