News Portal

  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ११ बजे हुँदै

    जनादेश संवाददाता२०८१ असार ३२
    २ पटक

    ३१ असार,रुपन्देही। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ  आज सोमबार हुँदैछ । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।

    प्रधानमन्त्री नियुक्त भएसँग ओलीले मन्त्रिपरिषद् गठनको तयारी थालेका छन् । मन्त्रीको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् ।