योङ ईण्डिजीनिस्ट लिग (वाई.आइ.एल) द्धारा आयोजित प्रथम “पल रिन्छेन दोर्जे – गोल्ड कप” फुटबल खेल फस्ट नेसन बिल्डर्स लिमिटेड को प्रायोजनमा सर्लाही जिल्लाको लालबन्दी-१५ सिरकालिन्जोरमा असोज २२ गते सम्पन्न भएको छ। उक्त खेलमा सर्लाही, महोत्तरी र सिन्धुली जिल्लाबाट २० टिम ले २ दिवशीय नकाउट खेल प्रतियोगितामा असोज २२ र २३ गते भाग लिएका थिए।
पल रिन्छेन दोर्जे – गोल्ड कप” को समुद्घाटन बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति नेतृत्व, दर्शनशास्त्री, विचारक आदरणीय नेता Buddha Tsering Moktan ज्यु को प्रमुख अतिथ्यमा भएको थियो भने खेलको समापन तथा पुरस्कार वितरण कार्यक्रम योङ ईण्डिजीनिस्ट लिग – “वाई.आइ.एल” का प्रमुख चिफ कमान्डर सनम लिम्बू सहित वाई.आइ.एल हाई कमान्डका नेरुता मोक्तान, जिग्मेला बोम्जोन र जितु तामाङले गर्नु भएको छ। उक्त कार्यक्रम योङ ईण्डिजीनिस्ट लिग – “वाई.आइ.एल” चुरेसिवालिक विशेष ब्युरो संयोजक बिजय लामा र सदस्यहरु डाडा गाउँ युवा क्लब ले खेल को पुर्ण जिम्मेवारी र ब्यवस्थापन गर्नु भएको थियो। योङ ईण्डिजिनिस्ट लिग – वाई.आइ.एल” आयोजित प्रथम “पल रिन्छेन दोर्जे – गोल्ड कप”को प्रथम बिजेता सिरफुल्जोर एकता युवा क्लबलाई ट्रफी, मेडल सहित २५ हजार नगत पुरस्कार प्रधान गरिएको थियो भने , दोस्रो बिजेता ब्रह्मस्थान युवा क्लबलाई ट्रफी ,मेडल सहित १० हजार नगत पुरस्कार प्रधान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै योङ ईण्डिजीनिस्ट लिग – “वाई.आइ.एल” का प्रमुख चिफ कमान्डर सनम लिम्बूले भन्नू भयो – देशनिर्माण गर्न को निमित्त युवाहरुको महत्त्वपूर्ण भुमिका र उल्लेखनीय उपस्थितिको आवश्यकता हुने भएकोले अब योङ ईण्डिजीनिस्ट लिग – “वाई.आइ.एल” ले एकीकृत कार्ययोजना अन्तर्गत पल रिन्छेन दोर्जे एकेडेमी र फस्ट नेशन बिल्डर्स “एफ एन बि एल” स्थापना गर्दै युवाहरुको उर्जाशील जनशक्तीलाई ज्ञान,शक्ति र सत्ताको तहमा अब्बल बनाउदै यो देश निर्माणको लागि आर्थिक, राजनैतिक र सामाजिक संस्कृतिको नेतृत्व गरेर अगाडी बड्ने बताउनु भयो। उहाँले थप भन्नुभयो यो देशका क्षमतावान र उर्जाशिल युवाहरुलाई राज्य सत्ताले पुर्णरुपमा सीमान्तिकरण गरेको र राज्य सत्ताले युवामाथी राज्यले गर्नुपर्ने राज्यको लगानी कर्तव्य र दायित्वबाट टाडिएर उल्टो समान्य सेवा सुबिधाबाट पनि निशेध गरेको कारणले यो सबै समस्यालाई समाधान गर्नु को निमित्त वाई.आइ.एलले जस्तो सुकै चुनौती को सामना र संघर्ष गर्न तयार रहेको बताउनु भयो।”