![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/dis-home-250.250-DH-2.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/samridhi-jewellers.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/laxmi.gif)
अहिले नेपालमा पशु कल्याण सम्बन्धी कुनै कानुन बनेको छैन । तर, पशु ढुवानी गर्दा क्रूर तरिकाले ल्याउन हुँदैन । सुरक्षित साथ ल्याउनुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यो मुद्दा २०७५ साल माघ २८ गते सर्वोच्च अदालतबाट मुद्दाको फैसला भयो । पशु ढुवानी मापदण्ड २०६४ ले के गर्न पाइँदैन भन्ने व्यवस्था गरेको छ । ढुवानी गर्दा पशुलाई खुट्टा, पुच्छर, नाकमा बाँध्न हुँदैन, कोचेर ल्याउन पाइँदैन । तर, १७ वर्ष पूरा भइसक्दा पनि यो मापदण्ड लागू भएको छैन ।
त्यो फैसलामा पशु कल्याण ऐन बनाउनु भनेर सरकारको नाममा परमादेश जारी गरेको छ । सरकारले पनि पशु कल्याण ऐनको खाका बनाउन कार्यसूची पास गरेको छ ।
पशु ढुवानी गर्ने क्रममा ८ घण्टामा विश्राम तथा आराम गराउनुपर्छ । उनीहरूको लागि दानापानीको व्यवस्था गरिदिनुपर्छ, हावा छिर्ने, पानी पर्दा छोप्न मिल्ने खाले, चलमलाउन सक्ने ठाउँ हुनुपर्छ भन्ने व्यवस्था छ । तर, १७ वर्ष पूरा भइसक्दा पनि यो मापदण्ड राम्ररी लागू भएको छैन ।
अहिले हामीसँग भएको कानुन भनेको पशु ढुवानी मापदण्ड २०६४ हो । जसले के गर्न पाइन्छ के गर्न पाउँदैन भन्ने कुरा व्यवस्था गरेको छ । पशु ढुवानी गर्दा पशुलाई कुनै पनि किसिमको शरीरमा चोट पटक नलाग्ने गरी ल्याउनुपर्छ । खुट्टा, पुच्छर, नाकमा बाँध्न हुँदैन, कोचेर ल्याउन पाइँदैन भनेर मापदण्डमा उल्लेख गरिएको छ ।
पशु चिकित्सकले पशु ढुवानी प्रमाणपत्र दिंदा पशु स्वस्थ छ कि छैन भनेर हेर्ने हो । पशुमा संक्रामक रोग छ कि छैन भनेर जाँच गरिन्छ, पशुमा संक्रामक रोग छ भने लक्षणको रूपमा ज्वरो आएको हुन्छ । पशु स्वस्थ छैन भने ढुवानी गर्न र बध गर्न पनि मिल्दैन । जाँच गर्दा पशु स्वस्थ छ भने मात्र ढुवानी गर्न मिल्छ ।
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/machapurche-bank.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/Global-250x250-Online-Khabar1.png)