News Portal

  • पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्छ : सांसद गुरुङ

    जनादेश संवाददाता२०८१ असार ६
    १९ पटक

    ४ असार,रूपन्देही ।

     प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन्।

    मुलुकमा आर्थिक सुशासन कायम गर्न सरकारले तत्काल पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने कांग्रेसका उपसभापतिसमेत रहेका गुरूङले बताए।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएका खण्डमा मुलुकका भ्रष्टाचार र राजश्व चुहावटसमेत नियन्त्रण हुने दाबी गरेका थिए। उनले यदि ती नोट प्रतिबन्ध लगाएका खण्डमा ८० प्रतिशत गैरकानूनी कारोबार रोकिने दाबी गरेका थिए।