News Portal

  • पाकिस्तानको संसद किन भयो भंग ?

    जनादेश संवाददाता२०८१ बैशाख १८
    ८ पटक

    २०८० श्रावण २५ ११:५३twitter sharing button

    काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

    पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो ।

    संसद भंग हुनासाथ मन्त्रिपरिषद पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।

    तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको छ । नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोसिस गर्न छलफल गर्न लागेको बताएका छन् ।

    अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।

    भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजायँ तोकिएको छ । पाकिस्तानको निर्वाचन आयोगले खानले पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ ।