जनसाहित्य तथा प्रगतिशील गीतसंगीतको प्रस्तुती !
रामबहादुर बुढा ‘राजन’
आईतबार, ९ बैशाख २०८१
आज नेपालको राजनीतिकि इतिहासका स्वर्णीम अक्षरले सजिने नाम पुष्पलाल श्रेष्ठको १०० औं जन्मशताब्दी पुष्पलाल जन्मशताब्दी समारोह समिति २०८१ पुष्पलाल अध्ययन समाज काठ्माडौंले एक साहित्य तथा साँस्कृति समारोह द्धारा मनायो । काठमाण्डौको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा संचालित उक्त कार्यक्रम आज १२ बजे देखि संचालन भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता पुष्पलाल अध्ययन समाजका संयोक लोककृष्ण भट्टराईले गर्नुभएको थियो । प्रसिद्ध व्यक्तित्व मोदनाथ प्रसिद्दको आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमका विशेष अतिथि गोविन्द ज्ञवाली हुनुहुन्थ्यो । माधव प्रधान द्धारा संचालित उक्त कार्यक्रममा पूर्वमन्त्री तथा पूर्वराजदुत हिरण्यलाल श्रेष्ठ, गोपी रमण उपाध्याय लगाएतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
पेशागत जिल्ला कमिटि नेकपा एमोले काठ्माडौंले प्रायोजन गरेको सो कार्यक्रमलाई पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष तथा पुष्पलालको अस्तु ल्याउन सफल व्यक्तित्व राम बहादुर भण्डारीले यस कार्यक्रमको महत्वबारे प्रकाश पार्दै भाषण द्धारा सबै आगन्तुक महानुभावलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष लोककृष्ण भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको राजनीतिक परिवर्तनमा अतुलनिय भूमिका निर्वाह गर्ने एकमात्र व्यक्तित्व पुष्पलालको जन्मशताब्दी जुन रुपले हुनुपर्ने हो त्यो हुन सकेन । नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापकको जन्मशताब्दी यीनै कम्युनिस्ट पार्टीबाट सरकारमा गएका प्रधानमन्त्री प्रचण्ड, के.पि. वलीले पनि नमनाएकोले यो मनाउनु पर्ने जरुरी थियो भन्ने कुरा यहि कार्यक्रमबाट सन्देश दिनुभएको हो । उनीहरुले नेतृत्व गरेका पार्टीले मात्र हैन मोहन वैद्य√किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी बाहेक नेपालका कुनै पनि पार्टीले जन्मशताब्दी नमनाएको कुरा प्रति दुःख व्यक्त पनि गर्नुभएको छ । वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत चैत्र २४ गते रामेछापमा पुष्पलाल जन्मशताब्दी मनाइसकेको छ ।
विभिन्न साहित्य र सांस्कृतिक झाकी द्धारा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न बाँकी रहेको र यसलाई पुरा गर्नका लागि फेरी अर्को ढंगबाट तयारी गर्नुपर्ने आजको बस्तुगत आवश्यकता रहेको र त्यो जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा नै रहेको कुरामा जोड दिइएको थियो ।