काठमाण्डौं । नेपाली समाजमा विवाह महंगो असजिलो र अमर्यादित बन्दै गइरहेको यस विषम परिस्थितिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय सचिवालय सदस्य क. गोविन्द विष्ट र क. विपिका रावल विच प्रगतिशिल विवाह सम्पन्न भएको छ । काठमाण्डौ महानगरपालिका वडा नं. २९ मा स्थिति ईच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा सम्मन्न उक्त विवाहले सरल, सहज र सुपथ विवाहको उपमा पाएको छ ।
https://youtu.be/PYe-8pWxTk8?si=DmYjWLXjBss6csAS
उक्त विवाहमा उपस्थित सम्पूर्ण महानुभावहरुले खुसी व्यक्त गरि हर्षोल्लासमय वातावरणमा विवाह सम्पन्न भएको हो । उक्त जोडीले एक लाख रुपैयाँको अक्षय कोष पनि निर्माण गरेको र उक्त कोष यस्तै प्रगतिशिल सन्देश दिने खालका विवाह गर्ने जोडीहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्ने उद्देश्यले बनाईएको कुरा गोविन्द विष्टले सार्वजनीक गरेका छन् । अनि हरेक एनिभर्सरीहरुमा यस्ता प्रगतिशिल विवाह गर्न प्रेरित गर्ने खालका कार्यक्रम गर्ने कुरा सार्वजनीक गरिएको छ ।