News Portal

  • प्रधानमन्त्रीले भने- संसद्लाई बिजनेसको अभाव हुँदैन

    जनादेश संवाददाता२०८१ माघ १४
    ६ पटक

    १४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई बिजनेसको अभाव हुन नदिन सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताएका छन् ।

    सोमबार साँझ सरकारी निवास बालुवाटारमा बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । साथै उनले आगामी हिउँदे अधिवेशनको पहिलो दिन नै अध्यादेश पेस गर्ने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको प्रारम्भमा नै उनले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरू संसद्को पहिलो दिनमै पेस गर्ने जानकारी गराएका थिए ।

    साथै, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने पनि उनले बैठकमा भनाइ राखेको उनको सचिवालयले बताएको छ ।

    यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ । त्यसअघि तयारीस्वरुप अहिले गठबन्धन दलका नेताहरूको बैठक चलिरहेको हो ।