News Portal

  • बच्चालाई डाइपर लगाउन हानिकारक

    जनादेश संवाददाता२०८१ श्रावण ४
    ४ पटक

    ४ असार ,रुपन्देही । बजारमा डाइपर आउन थालेदेखि आमाबुवालाई सजिलो भएको छ । बच्चालाई डाइपर लगाइदिएपछि दिसा–पिसाब गराउने झन्झटबाट मुक्ति पाइन्छ । बच्चालाई डाइपर लगाएर सुताउन र बाहिर लैजान सहज भएको छ । त्यसैले आजभोलि बच्चालाई डाइपर लगाइदिनु अनिवार्य जस्तो भइसकेको छ । डाइपरको प्रयोग एक हदसम्म त सही हुन्छ तर यसको धेरै प्रयोग हानिकारक हुनसक्छ ।

    टाइम्स अप इन्डियाको एक अध्ययनअनुसार पहिले बच्चाको डाइपरमा ‘फ्यालिट’ भन्ने केमिकल पाइन्थ्यो । त्यो केमिकल छालाको सम्पर्कमा आएर मेटाबोलिक विकार, मधुमेह, कलेजो विकार र क्यान्सरको जोखिम समेत बढाउने गरेको पाइएको थियो ।पछिल्लो समय बजारमा धेरै प्रकारका डाइपर पाइन्छन् । त्यसमा केमिकल र प्लास्टिक कम प्रयोग भएको डाइपर आफ्नो बच्चाका लागि छनोट गर्नुपर्छ ।

    बच्चाको छाला धेरै कोमल हुन्छ । डाइपरमा पाइने हानिकारक सिन्थेटिक फाइबर, रङ वा अन्य रासायनिक पदार्थका कारण बच्चाको छालामा एलर्जी, दाग र चिलाउने समस्या हुनसक्छ ।  धेरै पटक बच्चा डाइपर लगाउँदा रुन थाल्छन् किनभने यो उनीहरूका लागि सहज हुँदैन । धेरै समयसम्म डाइपर लगाउनाले बच्चालाई चिडचिडापन हुनसक्छ