जनादेश संवाददाता२०८१ पौष २०
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/dis-home-250.250-DH-2.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/samridhi-jewellers.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/laxmi.gif)
काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन ।
सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनी मृत फेला परे पछि सँगै बसेका देबबहादुरको खोजी प्रहरीले गरिरहेको थियो ।
तर, थापा भने शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/machapurche-bank.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/Global-250x250-Online-Khabar1.png)