मुगु, राजन
मुगु जिल्लाको खत्यार गाउँपालिका वडा नम्बर २ गाँडेखोला दलित बस्ती बाढीले तहसनहस भएको करिव ६ बर्ष बितिसक्दा पनि राज्यले व्यवस्थित गर्न नसकेको कुरा श्रोतले बताएको छ । हाल सम्म पनि त्यहाँका दलित समुदाय पाल मुनि जीवन बिताईरहेका छन । त्यहाँका ४८ घरपरिवारलाई किचन बाथरुम सहित ५ कोठे घर बनाइदिने कार्यक्रम आएको भन्दै तात्कालिक वडा अध्यक्ष लाल बहादुर मल्लले उपभोक्ता समिती मार्फत कार्य सम्पादन गर्ने भनि स्थानीय जनक टमट्टाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियोे । समितिका सचीव नन्दु भ्याल र कोषाध्यक्ष तारा टमट्टा सहित रहेको उक्त उपभोक्ता समितिले पहिलो चरणको काम गर्न नसकेको कारण टेण्डर प्रक्रियाबाट काम शुरु गर्ने निर्णय गरि पालिकाले बोलकबोल गराई वडा नम्बर २ कै वडाध्यक्ष लालबहादुर मल्ललाई ठेक्का दिइएको थियोे । किन यसरी जनप्रतिनिधिलाई नै ठेकेदार बनाईयो ? यसमा सरोकारवाला निकायको ध्यान किन गएन ? यसरी अख्तियार दुरुपयोग भएन र ?
हाल त्यो ठेकेदार तथा भुतपुर्व जनप्रतिनिधि पनि फरार रहेका छन । जनताका घर बनेका छैनन । जनताका घर बनाउन आएको सीमेन्ट, सरिया लगाएतका मेटेरियालहरु बाहिर बेचिएको अवस्था छ । बस्तीका जनता घरवारविहीन कस्टकर जीवन ब्यतित गरिरहेका छन । यसको जिम्मेवारी तथा जवाफदेहीता खत्यार गाउँपालिकाको हो या वडा नम्बर २ को हो या त उपभोक्ता समिति क-कस्को हो ? सम्बन्धित निकायको ध्यानाकर्षण होस यदि यो समस्याको यथासिघ्र समाधान नभए हामी कडा कदम चाल्न बाध्य हुने कुरा क्रान्तिकारी कम्युनिस्ट पार्टीका मुगु जिल्ला संयोजकले हामीलाई बताएका छन ।
पीडित घरमुलीहरु :-
१) रत्नलाल भ्याल २) गोर्ख्या भ्याल ३) लुड्क्या भ्याल ४) साउन्या भ्याल ५) नन्दु भ्याल ६) केशरलाल भ्याल ७) पध्न भ्याल ८) शुकलाल भ्याल ९) पृथीमल भ्याल १०) तुल्या भ्याल ११) जस्या भ्याल १२) पुन्न भ्याल १३) रामे भ्याल १४) चन्दलाल टमट्टा १५) रघु टमट्टा १६) दन्तविर टमट्टा १७) धन बहादुर टमट्टा १८) धनसिङ्ह टमट्टा १९) हरि बहादुर भ्याल २०) धनलाल टमट्टा २१) बाच्या टमट्टा २२) परिमल टमट्टा २३) धनलाल टमट्टा २४) अमरसिंह टमट्टा २५) जनक टमट्टा २६) शिवचन्द भ्याल २७) कुइर्या भ्याल २८) मुन्ना टमट्टा २९) तिल टमट्टा ३०) बुन्ठ्या भ्याल ३१) परिमल भ्याल ३२) परिमल भ्याल ३३) पठान्या भ्याल ३४) अढि टमट्टा ३५) सिंह टमट्टा ३६) धन्सर्न भ्याल ३७) हरिलाल भ्याल ३८) परलाल भ्याल ३९) रडक भ्याल ४०) देवि सिंह भ्याल ४१) पुरुलाल टमट्टा ४२) रुपधन टमट्टा ४३) धन बहादुर टमट्टा ४४) वीर सिंह टमट्टा ४५) जया टमट्टा ४६) गोरख टमट्टा ४७) तुल्या टमट्टा ४८) जयालाल भ्याल