२४ असार, रुपन्देही। ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
धुर्मस–सुन्तली फाण्डेशनले चन्दा संकलन गरी बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाहा १९ कट्ठा जग्गामा धुर्मस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माण थालेको थियो । रंगशालाको काम ३९ प्रतिशत सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।
याे सम्झौता पत्रमा सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ । निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाउनुपर्ने छ ।
महानगरपालिकाका बरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका काम सम्झौता भएको कम्पनीले गर्नेछ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । तिकाम सक्ननिर्माणको लागत भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेश्कीका रुपमा आज ६ करोड ८० लाख रकम दिने तयारी गरेको छ । निर्माण कम्पनीले पेश गरेको कार्यतालिकाका आधारमा धमाधम निर्माणको काम हुने विश्वास महानगरले लिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।