News Portal

  • भारतलाई हराउँन र उपाधिका लागि आमने-सामने हुदै

    जनादेश संवाददाता२०८१ श्रावण २३
    ५ पटक

    २३ साउन, रुपन्देही। महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् ।

    सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधबार छ ।

    दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । गत शनिबार यही काभा वुमन्स लिगमा भने नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको हो ।