रमा पन्थी। भैरहवा । अत्याधिक गर्मीका कारण भैरहवामा जनजीवन निकै प्रभावित भएको छ । नेपाल कै उच्च अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएको छ।
वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजमा प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किन समेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिलेसम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले बताए। भैरहवाको हालसम्मकै उच्च तापक्रम भने सन १९९५ मे ३ मा ४५ दशमलव २ पुगेको थियो।
एक सातादेखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ। बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरू मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरू घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ।
गर्मीको राहतका लागि विधुत एउटा सहारा भए पनि बेलाबेलामा विद्युत लाइन जाने समस्याले जनजीवन अझै प्रभावित भएको छ । गर्मी बढेसँगै अस्पतालमा विरामीहरूको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्या सरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, आखाको समस्या लगायतका बिरामीको संख्या बढ्दै गएको छ।
भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल रणअम्बिका आँखा अस्पताल र अन्य निजी अस्पतालमा पनि विरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ। भीम अस्पतालका आकस्मिक कक्ष केही दिनयता बढेको गर्मीका कारण विरामीको संख्या पनि बढ्दै गएको छ।
गर्मीका कारण शरीरमा घमौरा सहित अन्य समस्या आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थय कार्यालय रुपन्देहीको सुझाव छ। निस्किहाल्नुपरेमा पातलो कपडा सरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने ,बाहिरी खुला रूपमा राखेका खाना नखाने, सादा र ताजा खाना खाने गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदयघात, पक्षाघात लगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन स्वास्थय कार्यालयले अनुरोध गरेको छ।
गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने जस्ता सल्लाह सुझाव लिन समेत सि।न।न।पा।ले अनुरोध गरिएको छ।
गर्मी बढेसँगै बजारमा भएको मानिसहरुको चहलपहलको कमीका कारण व्यापार व्यवसायमा समेत कमी आएको छ। दिउँसोको समयमा अटो रिक्सा पनि नगन्री मात्रामा देखिन्छ्न । सधै जसो भिडभाड हुने ठाँउ भैरहवाको गल्लामण्डी, बैक रोड, आवारोड, बुध्द चोक , बर्मेली टोल लगायत का ब्यस्त हुने ठाउ हरुमा समेत चहलपहल निकै कम छ।
स्थानीय बासिन्दाको भनाइ अनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो। गर्मीले मानिसमात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन् ।