जनादेश संवाददाता२०८१ बैशाख १२
क्रान्तिकारी युवा संगठन नेपालले भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई कालोमोसो दलेका छन् । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको, देशभरका गुठी सिध्याउन गिरोह नै सञ्चालन गरेको काठमाडौं उपत्यका लगाएत देशभरका भूमाफियाहरुलाई संरक्षण गरेको भन्दै आज दिउँसो २ बजे उनकै कार्यकक्षमा गएर कालो मोसो दलेको सामाचार छ ।