News Portal

  • मन्त्रालयकाे भागबण्डा टुंगो लाग्याे

    जनादेश संवाददाता२०८१ असार ३१
    ३ पटक

    ३० असार, रुपन्देही। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ  ।

    नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

    स्रोतका अनुसार अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल तथा गृहमन्त्रीमा रमेश लेखक बन्ने सहमति भएको छ ।समयसीमा आइतबार  साँझ ५ बजे सकिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरिसकेका छन् ।