News Portal

  • मन्त्रिपरिषदमा आज ४ मन्त्री थपिने

    जनादेश संवाददाता२०८२ कार्तिक १०
    १५२ पटक

    काठमाडौँ । प्रधानमन्त्री सुशीला आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

    डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।

    चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।