News Portal

महान जनयुद्धलाई अवमूल्यन गरेको भन्दै कैलालीका युवाले छाडे वैद्य पार्टी

जनादेश संवाददाता२०८१ जेष्ठ ३
१०३ पटक

धनगढी : महान जनयुद्धलाई अवमूल्यन गरेको भन्दै कैलालीका युवाले बैध पार्टी छाडेका छन् । उक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संगठन समितिका संयाेजक तिलक वयक “सुर्य” अाज एक वक्तव्य निकाल्दै पार्टी छाडेकाे घाेषणा गरेका हुन् । उनले जारी गरेको वक्तव्य जस्ताको त्यस्तै
“क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको नामको समुहले सार्वभौम सिद्धान्त माओवादलाई विवादमा तानेकोले, नेपाली जनताले लडेको महान जनयुद्धलाई भ्रष्टिकरण गरेकोले, महान जनयुद्धको प्रतिकार समितिमा रहेका जनयुद्ध विरोधी तत्वहरुलाई घुसपैठ गराएकोले, पार्टीलाई चन्दा असुल्ने थलोका रुपमा भ्रष्ट्रिकरण बनाएकोले र अवसरवादि र स्वार्थि समुहहरुको गुटैगुट निर्माण गरि क्रान्तिलाई असम्भव बनाउदै लगेकाले आज मिति २०८१ जेठ ३ गतेका दिन देखि कथित पार्टी एकता अस्वीकार गर्दै उक्त पार्टी निकट साहायक संगठन परित्याग गर्दै नवऔवेशिक पूँजीवादि संसदीय व्यवस्थाको गर्न वैज्ञानिक समाजवादी जनक्रान्तिका पक्षमा दृढताका साथ लामवद्ध हुने घोषणा गर्दछु र उक्त अवसरवादि समुहको भ्रममा नपर्न सम्पूर्ण मालेमावादि क्रान्तिकारीहरुलाई समेत आह्वान पनि गर्दछु ।”