News Portal

  • महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

    जनादेश संवाददाता२०८१ श्रावण ५
    ३ पटक

    काठमाडौँ । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ ।

    समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै केवल १०८ रन बनाएको थियो ।

    यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

    अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।