आज विहान ११ बजे देखि २ बजे सम्म काठ्माडौं बानेश्वरको रिङ्गरोडमा मिटरब्याज विरुद्धको अभियानले अवरुद्ध गरि भूईमान्छेको आवाज कार्यक्रम सम्पन्न भयो । मिटरब्याज विरुद्धको अभियानका नाईके दुर्गा पर्साईद्धारा निर्देशीत संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत “श्रम हुन देवी, श्रम हुन देव, श्रमिक हुन विधाता, श्रमले फुल्छ सुन्दर देश, श्रमिक हुन निर्माता ” भन्ने उद्घोषका साथ सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममा बक्ताहरुले पुलिसले मुद्धा दर्ता गरेन र सरकारी वकिल कार्यालयमा जाँदा हामी सक्दैनौ भनियो । जनताका मुद्धा फैसला नगर्ने अदालत न्याय नदिने प्रशासन र कमेडी बुढा भनिने कम्बोडियन प्रधानमन्त्रीको सरकार वा यो दलिय व्यवस्था निकम्मा भईसकेको कुरा उल्लेख गरेका छन् । यसको विकल्पमा नेपाल र नेपाली जनताको हितकारी व्यवस्थाको विकल्प खोजिने बताएका छन् ।