News Portal

  • मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाउदै महामन्त्री ढकाल

    जनादेश संवाददाता२०८१ असार २०
    १५ पटक

    केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाएका छन् ।

    आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाएका हुन् ।